चलचित्र संघको साधारणसभामा के-के भयो ?



चैत ५ र ६ गतेसम्म बुटलवलमा भएको नेपाल चलचित्र संघको ४५ औँ साधारणसभा बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष प्रदीप उदयको अध्यक्षता तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यता सो कार्यक्रम सम्पन्न भएको हो ।

साधारणसभामा नेपाली फिल्म र बक्सअफिस प्रणालीको बारेमा छलफल गरिएको छ । चलचित्र बिकास बोर्डले सुरु गरेको बक्सअफिस सिस्टमलाई देशभरका हल सञ्चालकहरुले सकारात्मक रुपमा लिएका छन् ।


बोर्डको निर्धारित समयमा नै बक्सअफिस प्रणाली लागू गर्न सबै हल ब्यवसायी सहमत देखिएका छन् । साधारणसभामा अध्यक्ष उदयले नेपाली हलहरुलाई आगामी दिनमा मर्यादित तवरले अगाडि बढाउने र समय–सापेक्ष हलहरु ‘अपग्रेड’ गर्दै लैजाने बताए ।

यस्तै, मुख्यमन्त्री पोखरेलले आगामी दिनमा मौलिक कथामा चलचित्र निर्माण गर्न सके फिल्म क्षेत्रले आफ्नो परिभाषा पाउने र केही हदसम्म फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu