हलमा ‘शत्रु गते’, के सोलो रिलिजको फाइदा उठाउला ?



यो बर्षकै प्रतिक्षित चलचित्र ‘शत्रु गते’ हलमा रिलिज भएको छ । यो चलचित्र आजबाट देशभरका १ सय १० बढी पर्दामा सोलो रिलिज भएको हो । ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बोलको गीतका कारण पनि यो चलचित्रले राम्रो हाइप बनाएको छ ।

चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको मल्टिप्लेक्स हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण रिलिज अगावै चलचित्रको हाइप गज्जब थियो ।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् । तराई र काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu