‘शत्रु गते’ : यस्तो छ ओपनिङ अकुपेन्सी



शुक्रवारबाट प्रदर्शनमा आएको प्रतिक्षीत चलचित्र ‘शत्रु गते’ ले शुक्रवार बिहानैदेखि सिंगल र मल्टिप्लेक्स स्क्रिन सबैतिर दर्शकको राम्रो साथ पाएको छ ।

शुक्रबार बिहानी शो मा यस चलचित्रको अकुपेन्सी ६०, दिवा शो मा ९० र रात्री शो मा ६० प्रतिशतको आसपास रहेको छ । सिंगल र मल्टिप्लेक्समा चलचित्र हेरेका दर्शकले उत्कृष्ट बोलेका छन् ।

काठमाडौं वितरक गोपाल कायस्थले चलचित्रको ओपनिङ अकुपेन्सी सुखद रहेको बताए । निर्देशक प्रदीप भट्टराई दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे ।

बिहानैदेखि राजधानीका हल चहारिरहेका अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा पनि दर्शकबाट मिलेको प्रतिक्रियाबाट उत्साहित भएको बताउँछन् ।

शनिवार सार्वजनिक विदा भएका कारण बिहानैदेखि सिंगल र मल्टिप्लेक्स हाउसफूल हुने निर्माण पक्षको विश्वास छ । यो चलचित्रले क्युएफएक्स च्यानल अन्तर्गतको हलमा २२ शो, बिग मुभिजमा ९ शो, एफक्युबमा ८ शो, सिने डी सेफमा १० शो, बिएसआर मुभिजमा ८ शो र क्युज सिनेमाजमा ७ शो पाएको छ ।

शुक्रवार पहिलो शो का दर्शकबाट मिलेको उच्च वर्ड अफ माउथले चलचित्रको विजनेसमा ठुलो प्रभाव पर्ने देखिन्छ । चलचित्र हेर्ने दर्शकले कलाकारको अभिनय र कमेडी संवादलाई औधी रुचाएका छन् ।

शुक्रवार ११ बजे काठमाडौंको कुमारी हलमा आयोजना गरिएको प्रेस शो मा पनि सञ्चारकर्मीले चलचित्रको तारिफ गरेका छन् ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको पनि चलचित्रमा प्रमुख भूमिका छ ।

सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu