‘शत्रु गते’ हेर्न उर्लियो भीड (फोटो र भिडियोसहित)



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ले शनिवार सिंगल र मल्टिप्लेक्स सबैतिर हाउसफूल व्यापार गरेको छ ।

चलचित्र शनिवार बिहानैदेखि काठमाडौं तथा मोफसलका प्रायः सबै स्टेशनमा हाउसफूल छ । सबैभन्दा बढि चर्चामा रहने तथा बिजनेसको हिसाबले महत्व दिईने राजधानीको गोपिकृष्ण हलमा दिउँसो २ बजेको शो मा ६ वटा पर्दा हाउसफूल बनेका छन् ।

त्यस्तै, अष्टनारायण, गुण लगायतका हलहरुमा पनि दर्शकको चाप उस्तै रहेको वितरक गोपाल कायस्थले जानकारी दिए ।

‘चलचित्रप्रति दर्शकले दिएको माया र साथबाट उत्साहित छु’, निर्देशक प्रदीप भट्टराईले भने, ‘राम्रो चलचित्र बनाए चल्छ भन्ने कुरा प्रमाणित भएको छ ।’

शनिवार बिहानैदेखि राजधानीका विभिन्न हल चहारिरहेका अभिनेता पल शाह, निर्माता तथा कलाकार किरण केसी, अभिनेत्री आँचल शर्मा, प्रियंका कार्की, दीपाश्री निरौला, बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य दर्शक प्रतिक्रियाबाट सन्तुष्ट देखिन्थे ।

दिउँसो साढे १ बजे गोपीकृष्ण हलमा फिल्मका कलाकारको क्रेज कमालको देखिन्थ्यो । निकैबेर पल र आँचलसहित अन्य कलाकारलाई दर्शकसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई देखियो । मल्टिप्लेक्स र सिंगल दुबैथरी दर्शकले उक्त चलचित्रप्रति राम्रो बोलेका छन् ।

नेपाली चलचित्रको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि ‘शत्रु गते’ को टिकट नपाएर दर्शकहरु घर फर्किएका छन् ।

चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका छ ।

सामाजिक कथामा केन्द्रीत चलचित्र विवाहमा बाधक बन्ने पात्रहरूको वरिपरि घुमेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu