नाजिर भन्छन्, ‘तिमीसँग’ मा स्ट्यान्डर कमेडी’



चैत २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमीसँग’ को प्रचार प्रसारका लागि शनिवार चितवन पुगेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफू भएकै कारण चलचित्र हिट नहुने बताएकी छिन् ।

पत्रकारको एक प्रश्नमा उनले भनिन्, ‘म भएकै कारण चलचित्र हिट हुने भन्ने हुँदै होइन । सबैको काम राम्रो भए चलचित्र सफल हुने हो । नाजिर र आकाश दुबैलाई ‘तिमीसँग’ ट्रेलर र गीतमा धेरै राम्रो कमेन्ट आएको छ । हामीले चलचित्र एकदमै राम्रो बनाउने प्रयास गरेका छौं ।’

शिशिर राणा निर्देशित यस चलचित्रमा नाजिर हुसेन र आकाश श्रेष्ठको पनि प्रमुख भूमिका छ ।

साम्राज्ञीले आफूलाई नाजिरसँग पहिलोदेखि नै काम गर्ने खुब इच्छा रहेको र त्यो ‘तिमीसँग’ बाट पूरा भएको बताइन् । उनी भन्छिन्, ‘यो एउटा ट्राभल लभस्टोरी हो । ट्राभल गर्दा धेरै नयाँ मान्छेसँग भेट हुन्छ । त्यही विचको उचारचढावको कथा हो ‘तिमीसँग’ ।’


अभिनेता नाजिरले चलचित्रमा आफूले नवलपरासीको भरतराज मिश्र भन्ने एक युवकको भूमिका निर्वाहा गरेको बताए । उनी भन्छन्, ‘तराईको फाँटदेखि पहाड हुँदै हामी हिमालसम्म पुगेका छौं । चलचित्रमा तीन नयाँ यात्रीको कथा छ, जसलाई एकअर्काको विषयमा केही थाहा हुँदैन । विस्तारै चिनजान हुँदै प्रेम, विछोडको कथा फिल्मले वाचन गरेको छ । चलचित्रमा स्ट्यान्डर कमेडी छ ।’

अर्का अभिनेता आकाश ‘तिमीसँग’ राम्रो चलचित्र बनेको बताउँछन् । हामीले निकै मिहिनेत गरेर बनाएको चलचित्र हो यो । दर्शकले हेरुन्जेल मनोरञ्जन लिनुहुन्छ ।’ उनी भन्छन् ।

यस्तै, निर्देशक शिशिरले टेक्निसियन हुँदै कलाकारसम्मको सम्पूर्ण अनुभव मिसाएर आफूले परिवार सबैले हेर्न मिल्ने त्रिकोणात्मक चलचित्र बनाएको बताए ।

चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा चलचित्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu