मल्टिप्लेक्समा ‘शत्रु गते’ को क्रेज बढी



चैत ९ गतेबाट प्रदर्शन थालनी गरेको बहुप्रतिक्षीत चलचित्र ‘शत्रु गते’ ले सिंगल र मल्टिप्लेक्स दुबैतिर दर्शकको राम्रो साथ पाइरहेको छ । शुक्रवार ६० देखि ८० प्रतिशत अकुपेन्सी मिलेको चलचित्रको शनिवार शतप्रतिशत रह्यो ।

काठमाडौं उपत्यका वितरणको जिम्मेवारी पाएका गोपाल कायस्थका अनुसार, आइतवार चलचित्रको अकुपेन्सी ८० प्रतिशतको नजिक छ । आइतवार राम नवमीको सार्वजनिक विदा भएका कारण चलचित्र हेर्ने दर्शकको चाप शनिवारकै आसपास छ ।

वितरक कायस्थ भन्छन्, ‘सिंगल भन्दा दर्शकको चाप मल्टिप्लेक्समा भयंकर छ । आइतवार समेत मल्टिप्लेक्समा दर्शकलाई टिकट काट्न हम्मेहम्मे पर्‍यो । लगातार दुई दिनको विदाका कारण चलचित्रको व्यापार आक्रामक छ ।’


राजधानीको गोपिकृष्ण हलमा आइतवार दिउँसो २ बजेको शो मा ४ वटा पर्दा हाउसफूल बनेका छन् । यस्तै, अष्टनारायणको ३ वटा र गुणको ४ वटा पर्दा हाउसफूल भएको वितरक कायस्थ बताउँछन् ।

शुक्रवार ७० लाख र शनिवार १ करोड ३० लाख बढी कलेक्सन गरेको यो चलचित्रले आइतवार ८० लाख माथीको विजनेश गर्ने अनुमान गरिएको छ । विशेष गरि यस चलचित्रमा बोलिएको संवादले दर्शकको तालि पाएको छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्रमा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu