यस्तो छ ‘शत्रु गते’ को तीन दिने व्यापार



चैते दशैंको अवसरमा रिलीज भएको नेपाली चलचित्र ‘शत्रु गते’ लाई दर्शकको साथ मिलेको छ । शुक्रवार, शनिवार र आइतवार गरेर यो चलचित्रले ३ करोड बढी ग्रस कलेक्सन गर्न सफल भएको बताईएको छ ।

‘चलचित्रको आक्रामक कलेक्सनलाई लिएर हर्षित छौं नै साथै चलचित्रलाई दर्शकले मन पराउनु भएको छ, त्यसैले झन् हर्षित भएका छौं ।’ निर्माता तथा कलाकार किरण केसी भन्छन्, ‘चलचित्रलाई रुचाइनु नै हाम्रो सफलता हो ।’

उक्त चलचित्रले तीन दिनमा घरेलू बजारबाट ३ करोड २७ लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको छ । निर्माता केसीका अनुसार, चलचित्रले पहिलो दिन ७२ लाख, दोस्रो दिन १ करोड ४३ लाख र तेस्रो दिन १ करोड १२ लाखको करोबार गर्न सफल रह्यो ।

प्रदीप भट्टराई निर्देशित यस चलचित्रमा ‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu