आठ देशमा प्रदर्शन हुँदै ‘ब्लाइन्ड रक्स’



नेपाल प्रदर्शनमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ अब विदेशका विभिन्न देशहरुमा प्रदर्शन हुने भएको छ ।

निर्माता निकेश लिम्बुले युके र अमेरिकासँगै सिङ्गापुर, अस्ट्रेलिया, क्यानाडा, साईप्रस, ब्रुनाई, जर्मनीलगायतका देशमा फिल्मको प्रदर्शन पक्का भएको जानकारी दिए ।

उनका अनुसार, अहिले आठ देशमा शो पक्का भएको र अन्य विभिन्न देशहरुमा हल बुकिङको पखाईमा रहेको छ । नेपालमा प्रदर्शन हुनु अगावै युकेमा १८ शो भइसकेपनि दर्शकको मागले पुनः प्रदर्शन गरिने निर्माता लिम्बुले बताए ।

यो चलचित्र दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित भएर निर्माण भएको हो । चलचित्रका निर्देशक मिलन चाम्स हुन् । चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu