सुदर्शन र पूजाको फेरि टिमअप, बन्ने भयो ‘डी फोर डान्स’



‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ को सफलतापछि निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माविच फेरि टिमअप हुने भएको छ ।

अचेल ‘रामकहानी’ को सुटिङमा व्यस्त पूजालाई लिएर सुदर्शनले ‘डी फोर डान्स’ निर्माण गर्ने भएका हुन् ।

सुदर्शनले चलचित्र विकास बोर्डमा नयाँ चलचित्रको नाम ‘डी फोर डान्स’ दर्ता गराएका छन् । नामबाट नै यो चलचित्र डान्सिङ थिममा निर्माण हुने बुझ्न गाह्रो छैन ।

सुदर्शनको आफ्नै कथा र लगानीमा निर्माण हुने यस चलचित्रमा पूजासँग नव-अभिनेता अनिल परियारको जोडी बाँधिनेछ । ‘रामकहानी’ रिलिज लगत्तै यो चलचित्रको छायांकन आरम्भ गर्ने तयारीमा निर्देशक थापा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu