‘लम्फू’को गीत ‘सुको छैन यार’को कभर डान्स प्रतियोगीता घोषणा



काठमाण्डौ। २०७५ बैशाख २८ मा रिलीज हुने नेपाली चलचित्र ‘लम्फू’को गीत ‘सुको नहोस् यार’को कभर डान्स प्रतियोगिता घोषणा भएको छ ।

चलचित्र ‘लम्फू’को डिजिटल अधिकार लिएको ‘हाईलाईट्स नेपाल’ले कभर डान्स प्रतियोगिताको आयोजना गरेको हो । कभर भिडियो बनाउनेले info@hightlightsnepal मा २०७५ बैशाख २० गते सम्ममा पठाउन पर्नेछ । ‘सुको नहोस् यार’ हाईलाइट्स नेपालको आधिकारीक यूट्युब च्यानलमा रहेको छ ।

उक्त गीतको कभर भिडियोको विजेताले नगद रु. पचास हजारको साथमा अन्य आकर्षक उपहारहरु जित्ने बताईएको छ । यूट्युब भ्यूज, भिडियो मेकिङ्ग, कोरियोग्राफी र निर्णायकको आधारमा २०७५ बैशाख ३१ गते विजेता घोषणा हुनेछ ।

गोपाल चन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’को यस गीतमा शिव परियारको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत रहेको छ । प्रमोद ढुंगानाले गीत लेखेका हुन् ।

कबिर खड्का, सलोन बस्नेत, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशुम श्रेष्ठ, कुशाग्र भट्टराई लगायतको अभिनय रहेको ‘लम्फू’लाई पपुलर मल्टीमिडियाको लागी शक्तिबल्दभ घोरासैनीले बनाएका हुन् ।

‘सुको नहोस् यार’ अडियो गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu