निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्ने नयाँ चलचित्र ‘चङ्गा चेट’ को छायांकन काठमाडौंबाट सुरु भएको छ । मंगलवार बिहान चावहिलको गणेस्थान मन्दिरमा पूजाआजा गर्दै औपचारिक रुपमा चलचित्रको क्यामेरा ‘अन’ गरियो ।
काठमाडौं, धरान, जनकपुर लगयातका ठाउँमा खिचिने ‘चङ्गा चेट’ को निर्मातामा माधव वाग्ले छन् । मुहूर्तमा समारोहमा प्रियंका र आयुष्मान सँगै सुरक्षा पन्त, माउत्से गुरुङ, रविन्द्र झा, सन्दिप क्षेत्रीलगायतका कलाकार उपस्थित थिए ।
यस चलचित्रमा अर्पण थापा, ऋचा शर्मा, परमिता आर.एल. राना, आसिफ शाह लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यसमा आयुष्मानको जोडी प्रियंकासँग बाँधिएको छ ।
डार्क कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रको सुटिङ करीब एक महिना चल्ने निर्देशक खनालले जानकारी दिए । उनले भने, ‘दर्शकलाई फरक ‘टेस्ट’ दिने प्रयासका साथ काम थालेका छौं । मेहनत गर्न कञ्जुस गर्ने छैनौं । विश्वास छ हामीले चाहेको जस्तै चलचित्र तयार हुनेछ ।’
निरक कँडेलले खिच्ने चलचित्रको गीतमा अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत छ । कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।