नेता खनाललाई मन पर्‍यो ‘शत्रु गते’



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ले हलमा दर्शकको राम्रो साथ पाइरहेको छ । प्रदर्शनको तीन दिनमा ३ करोड २७ लाख कलेक्सन गरेको चलचित्र हेर्ने अधिकांश दर्शकले उत्कृष्ट बोलेका छन् ।

यसैविच, प्रदर्शनको चौथो दिन चलचित्र हेर्न नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल पुगेका छन् । राजधानीको बागबजारमा रहेको सिटी म्याक्स हलमा उनीसहित भिम रावल, देबेन्द्र पौडेल, ठाकुर गैरे, जीवन राम श्रेष्ठ लगायतका नेता पुगेका थिए ।

खनालले चलचित्र हेर्ने ईच्छा व्यक्त गरेपछि उनको सचिवालयले हलमा विशेष शोको आयोजना गरेको थियो । शीर्षस्थ नेताको टोलि चलचित्र हेर्न पुगेको थाहा पाएपछि ‘शत्रु गते’ युनिट पनि हलमा पुगेको थियो ।


हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराई हलमा भेटिए । चलचित्र हेरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले ‘शत्रु गते’ निकै रमाइलो बनेको बताए ।

उनले भने, ‘हाँसोले भरिएको छ भने हर चिजलाई हाँसोमा टुंग्याईएको छ । चलचित्र आधुनिक छ । हँसाउन सफल छ ।’

यस्तै, सोमबार नै सदाबहार नायक भुवन केसी, निर्देशक दिवाकर भट्टराई, निर्देशक सुदर्शन थापा, अभिनेता आकाश श्रेष्ठ, हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री पुजा शर्माले पनि ‘शत्रु गते’ हेरेर राम्रो बोलेका छन् ।


मह सञ्चारको ब्यनारमा निर्माण गरिएको यसका प्रस्तुतकर्ता किरण केसी हुन् । ‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu