‘नाईं नभन्नू ल ५’ मा स्वस्तिमा र अभिषेकको जोडी



सोमवारदेखि झापाको बिर्तामोडबाट चलचित्र ‘नाईं नभन्नू ल ५’ को औपचारिक सुटिङ आरम्भ भएको छ । झापा र इलामका रमणीय स्थानमा खिचिने चलचित्रको झापास्थित सालबारी पोखरीबाट चलचित्र को सुटिङ सुरु भएको हो ।

पहिलो दिन अभिषेक नेपाल र स्वस्तिमा खड्काले सट दिएका थिए । कान्तिपुर फिल्म एकेडेमीमा पढ्दै गर्दा निर्देशक विकास आचार्यको नजरमा परेका अभिषेकले यही चलचित्र बाट डेब्यु गर्न लागेका हुन् ।

अभिषेक चलचित्र मा स्वस्तिमाको जोडीको रुपमा देखिनेछन् । हरेक चलचित्र बाट नयाँ अनुहार भित्राउँदै आएका आचार्यले यो चलचित्रबाट पनि अभिषेकसँगै सेड्रिना शर्मालाई लन्च गर्दैछन् । झापा मै मूलघर भएकी सेड्रिनाले अनुभव रेग्मीको जोडीको रुपमा अभिनय गर्नेछिन् ।

निर्देशक आचार्यले झापाको बिर्तामोडमा ३ दिन र इलाममा २५ दिन सुटिङ गरी काठमाडौं फर्कने जानकारी गराए । ‘काठमाडौंमा हप्ता दिनको सुटिङपछि चलचित्र सकिन्छ,’ आचार्यले भने, ‘कथामा पहिलाका शृंखलाको स्वाद भए पनि यो पटक प्रस्तुतिमा धेरै मेहनत गरिएको पाउनु हुनेछ ।’

‘नाईं नभन्नू ल ५’ मा यसपटक दिलिप रायमाझी र केकी अधिकारी थपिएका छन् । दोस्रो शृंखलादेखि जोडिएकी प्रियंका कार्कीले यो भागमा पनि निरन्तरता पाएकी छिन् ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्दैछन् भने फिल्मको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu