निर्देशक, निर्माता तथा अभिनेता प्रकाश राज दक्षिण भारतीय चलचित्रका सुपरस्टार हुन् । चलचित्रमा नेगेटिभ भूमिकाका लागि आजपनि निर्देशकको पहिलो रोजाईमा उनी नै हुने गर्दछन् । उनको जन्म वर्ष १९६५ मार्च २६ मा बेङलोरमा भएको थियो ।
प्रकाशले बालचन्दरको ‘डिउट’ बाट फिल्मी करिअर सुरु गरेका थिए । उनको श्रीमतिको नाम पोनी वर्मा हो । उनको वास्तविक नाम भने प्रकाश राय हो ।
बालाचन्दरको सल्लाहमा उनले आफ्नो सरनेम परिवर्तन गरेका थिए । उनले अहिलेसम्म पाँच पटक नेशनल अवार्ड जितिसकेका छन् ।
प्रकाशले बेस्ट फिल्म, बेस्ट एक्टिङ, बेस्ट सपोर्टिङ एक्टर, स्पेशल ज्यूरी जस्ता अलग-अलग विधामा अवार्ड उचालेका छन् । बलिउडमा उनले सिंघम, दबंग, वान्टेड र जंजीर जस्ता चलचित्रमा नेगेटिभ भूमिका निर्वाहा गरेर मुख्य भिलेनको धमिलो हुँदै गएको छवि बचाउन उल्लेखनीय योगदान गरेका छन् ।
एक्टरसँगै प्रकाश एक डाइरेक्टर पनि हुन् । उनले तमिल, तेलुगु र कन्नडमा कयौं चलचित्र निर्देशन गरेका छन् । चलचित्रका अलावा थिएटरका पनि प्रेमी हुन् उनी । उनले २ हजार बढी नुक्कड नाटकमा काम गरिसकेका छन् ।
दमदार एक्टिङसँगै प्रकाश राज कहिले काही आफ्नो रिसका कारण पनि चर्चामा रहने गरेका छन् । यही कारण ६ पटक उनलाई तेलुगु इन्डस्ट्रीका प्रोड्यूसर्सले ब्यान गरिसकेका छन् ।
तर प्रकाशलाई अरुले लगाएको प्रतिबन्धले केही असर गरेन । उनले यस बारेमा भनेका थिए, ‘म नियम र कानुनलाई फलो गर्छु र यसबाट पछि हट्दैन ।’