बैशाख ७ मा लाग्ने भयो ‘स्वर्ग मेरो गाउँ’



चलचित्र ‘स्वर्ग मेरो गाउँ’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यसअघि माघ १२ गते आउने भनिएको यस चलचित्र विविधि कारणले प्रदर्शन हुन सकेको थिएन ।

अब भने अभिनेता नरेन खड्का स्टारर चलचित्र ‘स्वर्ग मेरो गाउँ’ वर्ष २०७५ को बैशाख ७ गतेबाट देशैभर प्रदर्शनमा आउने भएको छ ।

निर्माता तथा निर्देशक रामकृष्ण बजगाइँले अब भने चलचित्रको रिलिज डेट फेरबदल नहुने जानकारी दिए ।

चलचित्रले शहरबाट गाउँ घुम्न गएका युवतीहरु गाउँलाई नै स्वर्ग बनाउन लागेको कथा बोल्छ । यस चलचित्रमा नरेनका अलावा रामकृष्ण बजगाइँ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारहरुको अभिनय छ ।

नरेनले ‘स्वर्ग मेरो गाउँ’ मा गाउँले युवकको भूमिका निर्वाहा गरेका छन् । पवन गौतमले खिचेको चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

गोविन्द राई यसका कोरियोग्राफर हुन् । रामचन्द्र काफ्ले, प्रिति कौर र मिना निरौलाले ‘स्वर्ग मेरो गाउँ’ का गीतमा स्वर दिएका छन् । उक्त चलचित्रको कथा सुनिता बराल बजगाइँले लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu