‘कृ’ निर्माता हिरासत मुक्त, ११ लाखमा मिल्यो कुरा



यस वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी हिरासत मुक्त भएका छन् । यस चलचित्रमा समावेश ‘उकालीमा अघि अघि’ बोलको गीत चोरीको आरोपमा उनलाई मंगलवार साँझ अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको थियो ।

२०४० सालमा प्रदर्शन भएको अभिनेता भुवन केसी अभिनीत तथा शम्भु प्रधान निर्मित/निर्देशित चलचित्र ‘सम्झना’ मा समावेश उक्त गीत विना अनुमती चलचित्र ‘कृ’ मा राखिएको भन्दै केही हप्ता अगाडि काठमाडौं प्रहरी परिसर, टेकुमा निर्देशक प्रधानले निर्माता भुवन केसीविरुद्ध जाहेरी दर्ता गराएका थिए ।


तर, चलचित्र विकास बोर्डमा ‘कृ’ निर्मातामा सुवास गिरीको नाम रहेका कारण प्रहरीले उनलाई मंगलवार साँझ अनुसन्धानका लागि हिरासतमा राखेको थियो ।

बुधवार दिउँसो प्रहरी परिसर, टेकुमा शम्भु र निर्माता गिरीबिच ११ लाखमा मिलापत्र भएको छ । अब निर्माता गिरीले प्रधानलाई क्षतीपूर्ती स्वरुप उक्त रकम दिनु पर्नेछ ।

मिलापत्रमा ‘कृ’ युट्युबमा आउँदा ‘उकालीमा अघि अघि’ वाक्य काट्नु पर्नेछ । विदेश प्रदर्शनमा भने गीत यथावत नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu