कमेडीले भरिएको ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर (भिडियो)



अभिनेत्री केकी अधिकारी द्वारा निर्मित तथा अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । विशाल भण्डारी निर्देशित डेब्यू चलचित्रको ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ ।

केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको चलचित्रमा ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ उतार्न खोजेकी छिन् ।

उनले बारमा नृत्य गर्ने एक युवतीको भूमिका निर्वाहा गरेकी छिन् । तिर्सना बुढाथोकी बन्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, ‘तिर्सना बुढाथोकी बनेको होइन । तर, दुई दिन मैले उहाँको भिडियो चाहीँ हेरेकी थिएँ । धेरथोर उहाँको हाउभाउबाट प्रभावित पात्र चाहीँ हो ।’

ट्रेलरमा पैसाका लागि पात्रबीचको तनाब देखाइएको छ । प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको फिल्ममा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

भिडियो :-

बैशाख १४ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu