आकाश र आश्माको ‘ड्रिम गर्ल’ असार २९ मा



ऋषिराज आचार्य निर्देशित नयाँ चलचित्र ‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । निर्देशक आचार्यले यस चलचित्र डिसिएनले बितरण गर्ने सम्झौता भएको बताए ।

आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको चलचित्र काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको हो ।


चलचित्रको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफैं हुन् । सह-निर्मातामा अर्जुन शर्मा, दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।

आरबि मुभिजको ब्यानरमा बनेको प्रेमकथानक चलचित्रमा अर्जुन पोखरेलले संगीत छ । राहुल राईले खिचेको चलचित्रको सम्पादन नवीन निरौलाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu