कति कमायो ६ दिनेमा ‘शत्रु गते’ ले ?



‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ को ६ दिने कलेक्सन रिपोर्ट सार्वजनिक भएको छ ।

बिहीवार राजधानीमा वितरक कम्पनी बिके फिल्मस् र एफडी कम्पनीले कलाकार, निर्माता र निर्देशकको उपस्थितिमा चलचित्रको विजनेश रिपोर्ट सार्वजनिक गर्दै सक्सेस केक काट्यो ।

काठमाडौं भ्यालीका वितरक गोपाल कायस्थले ‘शत्रु गते’ ले ६ दिनमा राजधानी भित्रबाट ३ करोड २५ लाख कलेक्सन गरेको जानकारी दिए ।


उनले भने, ‘पहिलो दिनदेखि चलचित्र हेर्ने दर्शकको चाप हलहरुमा उस्तै छ । वर्ड अफ माउथ बलियो भएका कारण पनि चलचित्रको कलेक्सन आक्रामक छ ।’ उनका अनुसार, दोस्रो सातामा पनि यस चलचित्रले देशभर १ सय ३१ वटा हल पाएको छ ।

यस्तै, राजधानी बाहिरबाट चलचित्रले २ करोड ३७ लाख कलेक्सन गरेको छ । राजधानी भित्र र बाहिरको कलेक्सन ‘प्लस’ गर्ने हो भने चलचित्रले ६ दिनमा घरेलू बजारबाट कूल ५ करोड ६२ लाख कमाउन सफल भएको छ ।

चलचित्रका प्रस्तुतकर्ता किरण केसीले दर्शकबाट पाएको उत्साहजनक साथबाट सन्तुष्ट रहेको बताए । निर्माता तथा कलाकार हरिवंश आचार्यले दर्शकको मायाले ‘शत्रु गते’ सफल भएकोमा खुसी व्यक्त गरे ।

यस्तै, चलचित्रका क्याप्टेन प्रदीप भट्टराईले राम्रो चलचित्र बनाए चल्छ भन्ने उदारहण ‘शत्रु गते’ ले दिएको बताए । उनी भन्छन्, ‘दर्शकबाट पाएको प्रतिक्रियाबाट मलाई थप जिम्मेवारी बोध भएको छ । भोलीका दिनमा झन् उत्कृष्ट चलचित्र बनाउने वचन दिन चाहन्छु ।’ कार्यक्रममा अभिनेत्री आँचल शर्मा पनि उपस्थित थिइन् ।


दोस्रो सातामा नाम सुनिएका ठूला चलचित्र रिलिज नहुने भएका कारण ‘शत्रु गते’ को विजनेशमा थप वृद्धि हुने निर्माण पक्षको आँकलन छ ।

‘शत्रु गते’ मा पल शाह, आँचल शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, राजाराम पौडेल, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषाल, रमेश रञ्जन, शिवहरी पौडेललगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu