जेठ १८ मा ‘बेबी आई लभ यू’



चलचित्र ‘बेबी आई लभ यू’ ले फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ । यस चलचित्रमा समावेश ‘कान्छी मायालु’ गीत यतिबेला युट्युबमा हिट छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई लक गरेको जानकारी गराएको छ ।

चलचित्रको मुख्य भूमिकामा नायक सन्तोष खड्गी छन् । सन्तोषको यो डेब्यु फिल्म हो । साथमा सरोज खनाल, पुजा तिवारी, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी र किरण के। शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित यो चलचित्रमा शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको यो चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।

‘बेबी आई लभ यू’ मा सुवास देवकोटाको सम्पादन, सरोज अधिकारीको कोरियोग्राफी, निरज केसीको साउण्ड मिक्सिङ रहेको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu