२४ लागे अनमोल



अभिनेता भुवन केसीका छोरा हुन् अनमोल । तर, अब उनलाई भुवनको नामले चिनाइरहनु पर्दैन। ‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ र ‘कृ’ चलचित्रले उनलाई अभिनेताका रूपमा स्थापित गराइसकेको छ।

‘साथी म तिम्रो’ चलचित्रबाट डेब्यू गरेका उनी युवा पुस्तामाझ निकै लोकप्रिय छन् । शुक्रवारबाट युवा स्टार अनमोलले २३ औं बसन्त पार गरेका छन् ।

सन् १९९४ साल मार्च ३० गते बिहान ११:३० बजे ओम नर्सिङ्गमा सुष्मिता केसी र अभिनेता भुवन केसीका सुपुत्रको रुपमा जन्मेका अनमोल २०१३ मा पहिलो पटक लिड अभिनेताको रुपमा हेमराज बिसी निर्देशित चलचित्र ‘होस्टेल’ बाट उदाए ।

अनमोलले पहिलो चलचित्र नै हिट दिन सफल रहे । त्यसयता उनले ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’ र ‘कृ’ खेले । यी सबै चलचित्र नेपाली बक्सअफिसमा हिट छन् । उनले अभिनय गर्न लागेको नयाँ चलचित्र हो ‘क्याप्टेन’, जसमा उनी भुटबल खेलाडीको भूमिकामा देखिँदैछन् ।

अनमोल पछिल्लो पुस्ताका सर्वाधिक रुचाईएका अभिनेता हुन् । भनिन्छ, नेपाली बक्सअफिसमा अहिले कसैको नामको स्टारडम बिक्छ भने त्यो नाम अनमोल केसी नै हो ।

लगातार हिट चलचित्र दिँदा पनि अभिनयमा निखारता नआएको भन्दै उनले आलोचना पनि खेप्दै आएका छन् । उनलाई लुक्सले मात्र चलेको भन्ने आरोप लाग्छ । तर, अनमोलले पटक-पटक आफ्नो अभिनयलाई निखारता दिन लागेको भन्दै हरेक चलचित्रमा सुधार्दै अघि बढेको बोल्दै आएका छन् ।

आकर्षक लुक्स र शरिरका धनि अनमोलका पुरुष भन्दा बढि महिला फ्यान छन् । नेपाली बक्सअफिसका ‘स्टार’ अनमोललाई भोलीको ‘सुपरस्टार’ को दर्जा दर्शक, चलचित्र शुभचिन्तक तथा फिल्मकर्मीले दिईसकेका छन् ।

युवा स्टार अनमोल केसीलाई ठूलोपर्दा परिवार उनलाई जन्मदिनको शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu