‘हैरान’ को शीर्ष गीतमा कस-कसले मर्काए कम्मर ?



चलचित्र ‘हैरान’ को शीर्ष गीतको छायांकन सकिएको छ । राजधानी स्थित एनएफडिसीमा सेट लगाएर यसको सुट गरिएको हो । गीतमा फिल्मका सम्पूर्ण कलाकारलाई फिचर्ड गरिएको छ ।


जेठ ४ गतेलाई प्रदर्शनमा आउन लागेको यस चलचित्रको सम्पूर्ण काम सकिएता पनि गीत भने बाँकी थियो । गम्भीर विष्टको कोरियोग्राफीमा तयार गीतमा सरोज खनाल, सत्यराज आचार्य, निर्मल शर्मा, गजित विष्ट, सागर लम्साल (बले), निश्मा घिमिरे, एन्जल राई, शिशिर भण्डारी, आरोही शर्मा लगायतका सम्पूर्ण कलाकार देखिनेछन् ।

विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भएको चलचित्रलाई कमेडी जनरमा तयार पारिएको छ । गीतमा शब्द र संगीत सत्यराज आचार्य र स्वरूपराज आचार्यको रहेको छ भने यसलाई सत्य-स्वरूपले सरगम आचार्य र बबिता मनाधरसँग मिलेर गाएका छन् ।


यसमा गिरिश खतिवडाको र्‍याप रहेको छ भने यसलाई राजन इशानले एरेन्ज गरेका हुन् । डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् ।

चलचित्रका कथा तथा कोरियोग्राफी गम्भीर बिस्ट, द्वन्द चन्द्र पन्त, संगीत सत्यराज आचार्य, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको छ ।

‘हैरान’ मा नवराज उप्रेती र निरज कडेलको छायांकन, अमित श्रेष्ठको मिक्सिङ र ब्याक ग्राउण्ड स्कोर, अनन्त घिमिरेको कलर र भीएफएक्स, प्रितम पाण्डेको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu