‘ब्ल्याक’ गीतमा सुहायो आकाश र आँचलको जोडी ? (भिडियो)



वर्ष २०७५ को जेठ ११ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘ब्ल्याक’ मा समावेश ‘पल पल हरपल’ बोलको गीत सार्वजनिक भएको छ ।

सुगम पोखरेलको स्वर रहेको गीतमा डा.कृष्णहरी बरालको शब्द र महेश खड्काको आकर्षक संगीत सुन्न सकिन्छ ।

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा फिचरिङ गीतको लोकेशन, खिचाई उत्कृष्ट छ । मुस्ताङमा छायांकन गरिएको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।

आइतवार राजधानीमा आयोजित गीत सार्वजनिक कार्यक्रममा उपस्थित अभिनेत्री आँचलले सुगम पोखरेलको गीतमा आफ्नो अभिनय ढाल्ने इच्छा ‘ब्ल्याक’ बाट पूरा भएकोमा व्यक्त गरिन् । उता आकाश गीतको भिडियो हेरेर खुसी भएको बताए ।

करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक प्रदिप श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा चलचित्र बनाएको बताए । चेतनकुमार पाण्डे चलचित्रका कार्यकारी निर्माता हुन् ।

निर्मात्री आश्मा पाण्डेले लगानीको प्रतिफल राम्रो पाउने आशा व्यक्त गरिन् । चलचित्रको कथा मौनता श्रेष्ठले लेखेका छन् । रामशरण उप्रेतीले खिचेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।

आँचल र आकाशसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल चलचित्रमा प्रमुख भूमिकामा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu