शिर्ष स्थानमा ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर



बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर इन्टरनेट रिलिज भएको चार दिनमा युट्युबको नेपाल ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । ट्रेलर झन्डै ४ लाख पटक भिजिट भएको छ ।

झन्डै ८ हजार लाइक्स र ९ सय बढी कमेन्ट मिलेको ट्रेलरलाई अधिकांशले राम्रो बोलेका छन् । ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ ।

यस चलचित्रका निर्देशक विशाल भण्डारी हुन् । यसअघि उनले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरेता पनि चलचित्र निर्देशन उनको यो पहिलो हो ।


अभिनेत्री त्रय प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीको यस चलचित्रमा प्रमुख भूमिका छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको चलचित्रमा ऋचाले मोडल तिर्सना बुढाथोकीको हाउभाउ नक्कल गर्न खोजेकी छन् ।

विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराईलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रको कथा निर्देशक भण्डारी आफैंले लेखेका हुन् ।

अर्जुन तिवारीको छायांकन रहेको चलचित्रमा भद्र बहादुर शाही, देवी लाल न्यौपाने पण्डित र शिव प्रसाद चौलागाई ‘कोहलपुर एक्सप्रेस’ को निर्माताका रुपमा रहेका छन् ।

चलचित्रका गीतमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र कालीप्रससाद बाँस्कोटाको संगीत सुन्न सकिन्छ ।

ट्रेलर :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu