प्रधानसेनापति र नीर शाह दाम्पतीलाई मन पर्‍यो ‘शत्रु गते’



गत चैत ९ गतेबाट देशैभर प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ ले राम्रो वर्ड अफ माउथ पाउँदा यसलाई शीर्षस्थ व्यक्तित्वहरुले पनि चासोका साथ हेरिरहेका छन् ।

केही दिन अगाडि मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो परिवार सहित चलचित्र हेरेका थिए । यसैबीच, प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले पनि परिवार सहित चलचित्र हेरेका छन् । उनले राजधानी स्थित क्युज सिनेमामा स-परिवार चलचित्र हेरेका हुन् ।


आयोजित ‘विशेष शो’ मा चलचित्रलाई प्रधानसेनापति क्षेत्रीसँगै नेपाली कांग्रेसका नेता जगदीश नरसिंह केसी, नेतृ तथा गायिका कोमल ओली तथा वरिष्ठ कलाकार नीर शाहले परिवार सहित हेरेका छन् ।

चलचित्र हेरेपछि प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले भने, ‘चलचित्र एकदमै रमाइलो बनेको छ । चलचित्र पारिवारिक छ नै साथै यसमा मनोरञ्जनसँगै सन्देश पनि छ । मलाई हरिवंशको अभिनय ज्यादै उत्कृष्ट लाग्यो ।’

यस्तै बरिष्ठ कलाकार नीर शाहले ‘शत्रु गते’ रमाइलो बनेको बताए । उनी भन्छन्, ‘चलचित्रमा हरिवंशजी, दीपकजी लगायत सबैको काम उत्कृष्ट छ । चलचित्रमा यति धेरै कलाकारलाई एउटै शिर्षकमा जोडेर घुमाउने निर्देशकको काम पनि राम्रो देखिएको छ ।’


‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई ‘जात्रा’ डेब्यु निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने, यसका प्रस्तुतकर्ता किरण केसी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu