खगेन्द्रको ‘डमरुको डण्डीबियो’ ट्रेलर सार्वजनिक (भिडियो)



अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनीत नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्र खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम, अवरोध, रोदन, द्वन्द्व सबै समेटिएको छ । ट्रेलर कमर्सियल बनाईएको छ ।

मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

वर्ष २०७५ को बैशाख २१ गतेबाट प्रदर्शनमा आउने फयामिली स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त चलचित्रका निर्देशक छेतेन गुरुङ हुन् । ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् ।

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो चलचित्रको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले लोपोन्मुख डन्डीबियो खेलको बारेमा स्मरण गराउन ‘ठ्याक लाउने च्यालेन्ज’ पनि सुरु गरिसकेको छ ।

राजधानीका केही स्थानमा चलिरहेको ‘ठ्याक लाउने च्यालेन्ज’ले चलचित्रको प्रचार र डन्डीबियो महत्व झल्काउने निर्माण टिमले विश्वास लिएको छ ।

प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको चलचित्रलाई हरी हुमागाइँले खिचेका हुन् ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu