‘तिमीसँग’ सोलो रिलिज



अभिनेत्री करिश्मा मानन्धर अभिनीत चलचित्र ‘हिरोज’ को रिलिज डेट पोस्टपोन्ड भएपछि अर्की अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिमीसँग’ ले सोलो रिलिजको अवसर पाएको छ ।

एकल रिलिजको मौका पाएपनि यस चलचित्रले मल्टिप्लेक्समा भने निकै कम शो पाएको छ ।

अझै ‘शत्रु गते’ र गएको हप्ता रिलिज भएको बलिउड स्टार टाइगर श्राफ अभिनीत चलचित्र ‘बागी २’ मा दर्शकको ‘फ्लो’ उस्तै रहेका कारण उक्त चलचित्रले मल्टिप्लेक्समा कम शो मै चित्त बुझाउन बाध्य भएको छ ।

चलचित्रको ट्रेलरमा देखिएको लोभलाग्दो लोकेशन, कलाकारको अभिनय र संवादले यसलाई प्रतिक्षित बनाइएको हो ।

चलचित्रको निर्माण र प्रचारमा निर्देशक तथा निर्माता शिशिर राणाले कुनै कसर बाँकी छाडेका छैनन् । उनी चलचित्र चल्नेमा पूर्ण आशावादी देखिएका छन् । पछिल्लो पुस्तामाझ राम्रो छाप छोड्न सफल अभिनेत्री साम्राज्ञीको लिड रोल रहेका कारण पनि ‘तिमीसँग’ प्रति धेरैको आश छ ।

चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा चलचित्रमा छ ।

अभिनेता द्वय नाजिर हुसेन र आकाश श्रेष्ठ पनि चलचित्रमा प्रमख भूमिकामा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu