साम्राज्ञीका कारण नाजिरको ‘दिलमा आगो सल्कियो’ (भिडियो)



प्रदर्शनको दिन चलचित्र ‘तिमीसँग’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘दिलमा आगो सल्कियो’ बोलको गीतमा अभिनेता नाजिर हुसेन र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर छन् ।

दीपक पाठकको स्वर रहेको गीतमा रिदम कँडेल र दीपक आफैंले संगीत भरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो तराईका विभिन्न ठाउँहरुमा खिचिएको छ ।

भिडियोमा नाजिर साम्राज्ञीको जोडी कमालको देखिएको छ । साम्राज्ञीको नसालु नजरले नाजिर घायल भएका छन् ।

शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘तिमीसँग’ ले सुखद ओपनिङ गरेको छ । बिहानदेखि साँझसम्म चलचित्रको अकुपेन्सी ५० देखि ६० को आसपास रहेको छ । वितरक गोपाल कायस्थका अनुसार, शुक्रवार बिहानीको शोमा गोपीकृष्ण मुभिजको कृष्ण हल हाउसफूल भएको छ ।

‘तिमीसँग’ मा आकाश श्रेष्ठ, सुनिल वि.क, शिशिर राणा, अनुपम श्रेष्ठलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ । शिशिर राणा फिल्मका लेखक, निर्माता र निर्देशक हुन् । उक्त चलचित्रमा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको पटकथा चलचित्रमा छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu