बैशाख १४ मा पुग्यो दयाहाङ-प्रियंकाको ‘ह्याप्पी डेज’



चलचित्र ‘ह्याप्पी डेज’ को पाँचौ नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ । अब यो चलचित्र बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

मङ्सिर १५, माघ ११, चैत १६ पछि चलचित्र ‘ह्याप्पी डेज’ को रिलिज डेट चैत २ गतेलाई तय गरिएको थियो । यस चलचित्र पटक-पटक बलिउड चलचित्रकै कारण प्रदर्शनमा आउन सकेको थिएन ।

निर्देशक मिलन चाम्स भन्छन्, ‘अब चलचित्रको रिलिज डेट फेरबदल हुन्न । बैशाख १४ गते नै ‘ह्याप्पी डेज’ देशभर प्रदर्शनमा आउनेछ ।’


‘मैले निर्देशन गरेको ‘लिलिबिली’ को प्रचार लगभग सकिएको हुँदा अब सम्पूर्ण समय ‘ह्याप्पी डेज’ मा दिनेछु । र, प्रचार अब आक्रामक बनाइनेछ ।’ उनी थप्छन् ।

चाम्स इन्टरटेन्मेन्ट र लण्डन सिने आइको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बुलगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

चलचित्रलाई रामकुमार केसीले खिचेका हुन् । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रले बोल्छ ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो चलचित्रको छायांकन बेलायतका अलावा नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको छ ।

ताराप्रकाश लिम्बु, राजनराज सिवाकोटीको संगीत, मिलन चाम्स र कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको एक्सन यो चलचित्रमा छ ।

रोचक कुरा त बैशाख १४ मा यसअघि नै प्रियंका कार्की अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुने कन्फर्म भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu