राजेश हमालले निर्देशन गर्ने चलचित्रको बजेट ३ करोड



अभिनेता राजेश हमालले ३ करोड बजेटको चलचित्र निर्देशन गर्ने भएका छन् । नाम गोप्य राखिएको चलचित्रमा उनको निर्देशन र अभिनय रहनेछ ।

उनको अपोजिटमा अभिनेत्री प्रियंका कार्की हुने लगभग पक्कापक्की भइसकेको स्रोत बताउँछ ।

हमाल र प्रियंकाबीच केही पटक चलचित्रका लागि भेट भइसकेको छ । खबरअनुसार, केही दिनमा नै प्रियंकाले औपचारिक रुपमा फिल्म साइन गर्दैछिन् ।


यस्तै, अभिनेत्री नम्रता सापकोटासँग पनि मौखिक कुराकानी भएको छ । ३ करोड बजेट रहने चलचित्रको अधिकांश छायांकन अमेरिकामा हुनेछ ।

चलचित्रको स्क्रिप्टको काम सकिसकेको र अहिले हमाल कलाकार छनौटमा जुटेका छन् । अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्कीले उक्त चलचित्र निर्माण गर्दैछन् ।

केही दिन अगाडि मात्र उक्त चलचित्रका लागि चार गीत रेकर्ड भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu