जसिता भन्छिन्, ‘प्रदीपको छायाँमा पर्ने डर रत्ति छैन’



चैत ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिलिबिली’ बाट डेब्यु गर्न लागेकी जसिता गुरुङ आफूलाई युवा स्टार प्रदीप खड्काको छायाँमा पर्ने डर रत्ति नभएको बताउँछिन् ।

उनी भन्छिन्, ‘आफ्नो काम राम्रो भयो भने कसैले छेकेर वा कसैको ओझेलमा परिन्छ जस्तो मलाई लाग्दैन । काम राम्रो भयो भने दर्शकले पक्कै पनि ‘एप्रिसेट’ गर्नुहुन्छ । मलाई सुरुवातदेखि नै निकै साथ र माया दिनुभएको छ । चलचित्र रिलिजपछि पनि उतिक्कै दर्शकको माया पाउछु भन्नेमा आशावादी छु ।’


गीतसंगीत र ट्रेलरबाट जसितालाई अबको सम्भावना बोकेको नायिकाको रुपमा हेरिएको छ । उनको सुन्दरता र डाइलग डेलिभरीको प्रशंसा भइरहेको छ ।

मिलन चाम्सले निर्देशन गरेको ‘लिलिबिली’ मा मिलन, गोविन्द शाही र सुदिप खड्काको लगानी छ । यसमा प्रदिप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu