‘रेड’ र ‘हिचकी’ ले कति कमाए ?



यस वर्ष सय करोड क्लबमा नाम लेखाउन सफल चलचित्र ‘रेड’ ले आफ्नो चौथो हप्तासम्ममा कूल १०१.५४ करोडको विजनेश गरेको छ । ‘रेड’ अजय देवगनको सय करोड क्लबमा इन्ट्री हुने चौथो चलचित्र हो ।

१६ मार्चमा रिलिज भएको चलचित्र ‘रेड’ मा उनी इनकम ट्याक्स अफिसरको भूमिकामा छन् । चलचित्र १९८१ मा लखनऊमा भएको सबैभन्दा लामो रेडको कहानी हो ।

राजकुमार गुप्ता निर्देशित उक्त चलचित्रमा सौरभ शुक्ला, इलियाना डिक्रूज, अमित सयाल, पुष्पा जोशीलगायतका कलाकारहरुको पनि प्रमुख भूमिका छ ।

यस्तै, २३ मार्चमा रिलिज भएको रानी मुखर्जीको चलचित्र ‘हिचकी’ पनि बक्सअफिसमा हिट साबित भएको छ । करीब २० करोड लागतमा बनेको यस चलचित्रले अहिलेसम्ममा कूल ४१. १५ करोडभन्दा बढीको कलेक्सन गरिसकेको छ ।

यश राज फिल्म्समा निर्मित यस चलचित्रका निर्देशक सिद्धार्थ पी. मल्होत्रा हुन् । यसमा नीरज काबी, हर्ष मायर, सचिन, सुप्रिया पिलगांवकर, शिवकुमार सुब्रमण्यमलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu