राजेश हमालसँग माफी माग्दै ‘जय भोले’ को टीजर सार्वजनिक



१२ वर्षपछि निर्देशनमा कमब्याक गरेका निर्देशक अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ को टीजर सार्वजनिक भएको छ । यो चलचित्र दशैंको फूलपातीबाट रिलिज हुँदैछ ।

ह्युमर तथा सोसल कमेडी ड्रामामा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराज पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले दुई केटा साथिबीचको भावनात्मक मित्रता र प्रेमको कथा भन्छ ।

१ करोड ६० लाख बजेटमा निर्मित चलचित्रमा झापा र ईलाममा छायांकन भएको हो । निर्देशक शर्माको निर्देशन मात्र नभएर ुजय भोलेु मा निर्माण र अभिनय पनि छ ।

चलचित्रमा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

टीजर हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu