हलमा लागे ‘लिलिबिली’ र ‘नेप्टे’



शुक्रवारबाट यस हप्ताका लागि दुई प्रतिक्षत चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ प्रदर्शनमा आएका छन् ।

पछिल्लो पुस्तामाझ लोभलाग्दो फ्यान फलोइंग बनाएका युवा स्टार प्रदीप खड्का जोडिएका कारण ‘लिलिबिली’ निर्माण अगावैदेखि चर्चामा थियो ।

मल्टिप्लेक्समा उच्च शो पाएको यस चलचित्रलाई देशभर करीब ७५ बढी स्क्रिन मिलेको छ ।

मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।


काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

यस्तै, यस वर्ष ‘घामपानी’, ‘कान्छी’ र ‘मिस्टर झोले’ जस्ता सफल चलचित्र दिइसकेका अभिनेता दयाहाङ राई अभिनीत ‘नेप्टे’ पनि दर्शकमाझ प्रतिक्षीत चलचित्र हो । यसमा उनी भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

देव कुमार श्रेष्ठ निर्देशित ‘नेप्टे’ मा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, ए गुरुङ, वुद्दि तामाङ, पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाललगायतका कलाकारहरुको लिड रोल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu