‘लिलिबिली’ का निर्माताको नयाँ फिल्ममा प्रदीप ?



शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ का निर्माता गोविन्द शाहीले आफ्नी छोरी काफियाको जन्मदिन सेलिव्रेट गर्ने क्रममा नयाँ चलचित्रको घोषणा गरेका छन् ।

नाम तय नभएको चलचित्रमा युवा स्टार प्रदीप खड्का हुने पक्का भएको छ । निर्माता शाही भन्छन्, ‘लिलिबिली’ रिलिजपछि प्रदीप र मैले नयाँ चलचित्र सँगै गर्ने तयारी भइरहेको छ । साउनबाट हामी फ्लोरमा जान्छौं ।’ उनले उक्त चलचित्रमा प्रदीपको पनि शेयर रहने खुलाए ।


जन्मदिनमा उपस्थित प्रदीपले पनि निर्माता शाहीको कुरामा सहमती जनाए । उनी भन्छन्, ‘जसरी सन्तोष सेन दाईसँग बिना सम्झौता चलचित्र गर्ने गर्छु तस्तै गोविन्द दाईमाथी पनि म उतिक्कै विश्वास गर्छु । नयाँ प्रोजेक्टका लागि हामीबीच तयारी हुँदैछ । अहिले नै यस विषयमा बोल्नु चाहीँ हतार हुनसक्छ ।’

प्रदीप ‘लिलिबिली’ रिलिजपछि निर्देशक दिनेश राउत र निर्माता सुवास गिरीको चलचित्र ‘भैरवी’ गर्दैछन् । यसपछि उनी गोपीकृष्ण ब्यानरमा बन्न लागेको चलचित्र ‘रोजी’ मा अनुवन्धित हुने खबर छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu