हेर्नुस् ‘अमेरिका बोइज’ को शीर्ष गीत (भिडियो)



चलचित्र ‘अमेरिका बोइज’ को शीर्ष गीत सार्वजनिक भएको छ । जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रको टाइटल गीतमा दीपक आरजेको शब्द, संगीत र स्वर रहेको छ भने एरेञ्जर रिकेश गुरुङ हुन् ।

गीत रिलिजसँगै निर्माण टिमले कभर सङ प्रतियोगिता पनि आयोजना गरेको छ । कभर सङ बिजेताले रु. ५० हजार नगद पुरस्कार जित्न सक्नेछन् ।

प्रवेश पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रमा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।

प्रकाश भुजेल र इन्द्र प्रसाद खरेल निर्माता रहेको चलचित्रको लागत दुई करोड रहेको बताइएको छ । समिर खरेल चलचित्रका कार्यकारी निर्माता हुन् । अनुप थापा, यमुना खरेल र राज केसी सह-निर्मातामा रहेका छन् ।

गीत हेर्नुस् :-

चलचित्रलाई अलोक सुक्लाले खिचेका हुन् । ३ युवाले गर्ने एउटा गल्तीबाट उत्पन्न हुने समस्याको कथा बोल्ने चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, दीपक आरजे र जयन जे वाइवाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu