जसिताको ‘स्टार’ बन्ने संभावना कति ?



नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारहरुको इन्ट्री दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो समय निर्माण भएका अधिकांश चलचित्रहरुमा अहिले नयाँ अनुहारको नै वर्चश्व देखिन्छ ।

केही पहिलो चलचित्रबाट नै गुमनाम बनेका उदाहरणहरु प्रशस्तै छन् भने कसैलाई पहिलो चलचित्र नै करिअर चम्काउने मेशिन बन्न पुगेका छन् ।

केही वर्षदेखि नयाँ अनुहारहरुले नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पकड बनाउन सफल भएका छन् । चलचित्र क्षेत्रले पनि केही नयाँ अनुहारबाट ठूलो आश बोकेको छ ।

यस्तै, हाल प्रदर्शन भैरहेको चलचित्र ‘लिलिबिली’ बाट नेपाली रजतपटमा भित्रिएकी नायिका जसिता गुरुङलाई अहिले नेपाली चलचित्रमा संभावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।

‘लिलिबिली’ रिलिज अगाडिदेखि नै उनी चर्चामा थिइन् । गीतसंगीत र ट्रेलरबाटै जसिताको तारिफ भएको थियो । चलचित्र हेरेपछि उनको डाइलग डेलिभरी, सुन्दरता र अभिनयको सबैभन्दा बढी प्रशंसा भैरहेको छ ।

रिलिज अगाडिसम्म युवा स्टार प्रदीप खड्काको स्टारडमको छायाँमा पर्ने डर उनमा थियो । तर, चलचित्र रिलिजपछि प्रदीप नै उनीसँग डराउनु पर्ने देखिएको छ । अर्थात्, उनले नै चलचित्र धान्ने जिम्मेवारी पाएकी छिन् । प्रदीपमाथी उनी हाबी छिन् ।

चलचित्रको सबैभन्दा बलियो पक्ष मध्ये जसिताको अभिनय पनि एक हो । हुनत, उनले अभिनयमा सुधार गर्नु पर्ने धेरै बाँकी छ । तर, तपाईले यो चलचित्र हेर्ने एउटा कारण, नव-अभिनेत्री जसिता पनि हुन सक्छिन् ।

नेपाली चलचित्रमा आफ्नो भविष्य सुरक्षित गर्न केही मिहिनेत गरेको खण्डमा उनलाई नेपाली चलचित्र क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछ ।

मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu