‘लिलिबिली’ ले यति कमायो दुई दिनमा



शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको युवा स्टार प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ ले दुई दिनमा २ करोडभन्दा बढी आम्दानी गरेको छ ।

निर्माता तथा वितरक समेत रहेका गोविन्द शाहीका अनुसार, पहिलो दिन ८२ लाख कमाएको चलचित्रले दोस्रो दिन शनिवार १ करोड ३६ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ उठायो ।

दुई दिनको हिसाब ‘प्लस’ गर्ने हो भने ‘लिलिबिली’ ले २ करोड १८ लाख ८३ हजार ९ सय ५६ रुपैयाँको विजनेश गरेको छ । निर्माता शाही प्रायः आफूले वितरण गरेको चलचित्रको कलेक्सन बढाएर मिडियामा दिने गर्दछन् । यो कलेक्सन रिपोर्टमा कति सत्यता छ त्यो उनी स्वंम जान्दछन् ।

चलचित्रले दुई दिनमा २ करोड ग्रस कमाउन सफल हुनु प्रदीपकै क्रेजका कारण सम्भव भएको हो । उनले फेरि एकपटक आफ्नो स्टारडम प्रमाणित गरेका छन् । चलचित्र हेरेका दर्शकले राम्रो बोलेका छन् । प्रदीपसँगै नव-अभिनेत्री जसिता गुरुङको अभिनयलाई दर्शकले खुब रुचाएका छन् ।

मिलन चाम्स निर्देशित यस चलचित्रमा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu