‘डमरुको डण्डीबियो’ नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने



काठमाण्डौ। बैशाख २१ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ यूनिट मोफसल टुरबाट राजधानी फर्किएको छ । पोखरा, बुटवल, नारायणढ र धरानमा एक हप्ता बिताएको यूनिट‍ यसै साता राजधानी फर्किएको हो ।

अबको प्रचार-प्रसार राजधानीमा नै केन्द्रित गर्ने गरी लेखक तथा अभिनेता खगेन्द्र लामिछाने सहितको टीम फर्किएको हो । प्रचारस्वरुप गत सातादेखि राजधानीका मूख्य-मूख्य मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा चलिरहेको छ ।

राष्ट्रिय खेलबाट समेत हटाइएको डण्डीबियो खेललाई चलचित्रमा उठाइएको विषयले यतिबेला दर्शकको ध्यान तानिरहेको छ । डण्डीबियो पारखी एक युवाले उक्त खेललाई पुन: ब्यूँताउन गरेको संघर्षको कथा रहेको चलचित्रको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

समृद्दी ईन्टरटेनमेन्टको प्रस्तुती रहेको यस चलचित्रलाई छेतेन गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा खगेन्द्रसँगै अभिनेता अनुप बराल, अभिनेत्री मेनुका प्रधान, कलाकारहरु बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा, मिश्री थापा लगायतको अभिनय छ ।

चलचित्रलाई विनोद गुरुङ र नोर्वु छिरिङ घलेले संयुक्त रुपमा निर्माण गरेका हुन् । पशुपति प्रसाद अभिनेता खगेन्द्रको यो चलचित्र नेपालसँगै अष्ट्रेलियामा पनि रिलिज हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu