आयो ‘बेबि आई लव यू’को ट्रेलर (भिडियो)



काठमाण्डौ। जेठ १८ गते देखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘बेबि आई लव यू’ ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार प्रेस भेटघाट गर्दै ट्रेलर सार्वजनिक गरिएको हो । नव-नायक सन्तोष खड्गी र नायिका पूजा तिवारीबीचको प्रेम, रोमान्स र विछोड ट्रेलरमा हेर्न सकिन्छ ।

जनक पाण्डे निर्देशित चलचित्रमा अभिनेता सरोज खनाल, कलाकार निर्मल शर्माको अभिनय र चर्चित डान्स ग्रुप कार्टुञ्ज क्रुको पनि एउटा नृत्य रहेको छ । चलचित्रका सह-निर्माता सृजना परियार र दुर्गा पाण्डे हुन् ।

बिहिबारको पत्रकार सम्मेलनमा ‘कान्छी मायालु’ बोलको गीतमा कभर डान्स र गाउनेलाई पुरस्कृत पनि गरियो । बिटुडी डान्स ग्रुप र कभर गाउने प्रितम सेञ्चुरीलाई एक एक लाख बराबरको चेक कार्टुञ्ज क्रु का सरोज अधिकारी, आश्मा विश्वकर्मा तथा समुहले हस्तान्तरण गरेका हुन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu