उपत्यकामा ‘ह्याप्पी डेज’ को रथ यात्रा



बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको दयाहाङ राई र प्रियंका कार्की स्टारर नेपाली चलचित्र ‘ह्याप्पी डेज’ ले उपत्यकामा रथ यात्रा गर्ने भएको छ ।

चलचित्रको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाइने निर्देशक मिलन चाम्सले जानकारी दिए ।

१० गते, सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ ।

यसपछि पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ । ‘ह्याप्पी डेज’ को रथ यात्राले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्देशक चाम्सले विश्वास छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकललगायतका कलाकारहरुको अभिनय छ ।

साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu