कोहलपुरमा ‘कोहलपुर एक्सप्रेस’ को प्रचार



केकी अधिकारीद्वारा निर्मित तथा अभिनीत चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रचारका लागि छायांकन स्थल बाँकेको कोहलपुर पुगेको छ ।

नेपाल अटोमोबाइल एसोसिएसन (नासा) को सडक दर्घटना न्यूनीकरण सम्वन्धि अभियानलाई साथ दिँदै केकीले सदरमुकाम नेपालगन्जसँगै कोहलपुरका विभिन्न स्थानमा जनचेतना फैलाइन् ।

“सार्वजनिक यातायातको संरक्षण गरौं, सुरक्षित यात्राको लागि ट्राफिक नियम पालना गरौं” भन्ने मूल नारासहितको व्यानर समाउँदै उनले बाँकेका फ्यानलाई चलचित्रको बारेमा जानकारी दिइन् ।

बिशाल भण्डारी निर्देशित चलचित्रमा केकी अधिकारी, ऋचा शर्मा, प्रियंका कार्की, बुद्दी तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई लगायतका कलाकारको अभिनय छ ।

‘कोहलपुर एक्सप्रेस’ मा अर्जुन पोखरेल/कालीप्रसाद बाँस्कोटा/राजनराज सिवाकोटीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, बिशाल भण्डारीको कथा, शान बस्न्यातको पटकथा/संवाद र भद्र बहादुर शाही/देवीलाल नयौपाने (पण्डित)/शिव प्रसाद चौलागाईको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu