कलाकार हुन पाएर खुसी छु : खगेन्द्र लामिछाने



अभिनेता तथा कलाकार खगेन्द्र लामिछाने स्टारर नेपाली चलचित्र ‘डमरुको डण्डीबियो’ यही बैशाख २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनले एक डण्डीबियो खेलाडीको भूमिका निर्वाहा गरेका छन् ।

मंगलवार पत्रकारसँगको कुराकानीको क्रममा उनले भने, ‘अन्य चलचित्रभन्दा ‘डमरुको डण्डीबियो’ मा मेरो विल्कुलै फरक अवतार देख्न पाउनुहुन्छ । देशबाट लोप हुँदै गएको डण्डीबियोको कथा पर्दामा उतार्न खोज्नु आफैंमा चुनौतीपूर्ण हो । यस विषयमा प्रयाप्त ज्ञान हुन आवश्यक थियो । हामीले सक्ने मिहिनेत गरेर चलचित्र तयार पारेका छौं ।’

हरेक चलचित्रबाट खगेन्द्रले कथा, पटकथा वा अभिनेताको विधामा अवार्ड हात पार्दै आइरहेका छन् । तर, उनी आजसम्म नेपालमा हुने कुनै पनि अवार्ड कार्यक्रममा पुगेका छैनन् ।

किन अवार्डप्रति वृतिष्णा ? पत्रकारसँगको प्रश्नमा उनी भन्छन्, ‘मैले कहिल्यै सोचेको थिइनँ कि म पनि कलाकार हुन्छु । म त लेखक बन्छु भनेर गाउँबाट काठमाडौं छिरेको हुँ । तर, जानी-नजानी कलाकार भएँ । कलाकार हुन पाउँदा म यतिधेरै खुसी छु कि मलाई अवार्डको आवश्यकता नैै छैन ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu