‘ब्ल्याक’ को भिएफएक्स गर्नै १ वर्ष



जेठ ११ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ब्ल्याक’ को आधा बजेट भिएफएक्स गर्नमा नै सकिएको निर्देशक प्रदिप श्रेष्ठले बताएका छन् ।

उनका अनुसार, फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा जाँदै गर्दा पनि नेपाली फिल्मको स्तर यहाँसम्म पुग्यो भन्ने परिचय दिनेगरी बीना कुनै कन्जुस्याइँ भिएफएक्समा लगानी र समय खर्चिएको छ ।

श्रेष्ठ भन्छन्, ‘भिएफएक्सकै कारण छायांकनदेखि पोष्ट प्रोडक्सनसम्मको समय लम्बियो । चलचित्रको आधाजस्तो बजेटको हिस्सा यसले मात्रै रिजर्भ गरेको छ ।’ समिर मियाले गरेको भिएफएक्समा दर्शकले प्राकृतिक लाग्ने सौन्दर्य देख्न पाउने श्रेष्ठको दाबी छ ।

मौनता श्रेष्ठको कथामा तयार भएको ‘ब्ल्याक’ मा कोरियोग्राफी रामजी लामिछानेको छ भने छायांकन रामशरण उप्रेतीले गरेका छन् । आश्मा पाण्डेको निर्माणमा बनेको चलचित्रमा आकाश श्रेष्ठ, आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल लिड अभिनयमा छन् ।

द्वन्द्व चन्द्र पन्तको रहेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । भिएफएक्समा समिरसँग श्रीकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu