‘रानीमहल’ गर्न १० लाख मागेकै छैन : निकिता चण्डक



चलचित्र ‘रानीमहल’ बाट नायिका बन्न लागेकी पूर्व मिस नेपाल निकिता चण्डकले मंगलवार अभिनेता प्रदीप खड्का अभिनीत चलचित्र ‘लिलिबिली’ हेरेकी छिन् । चलचित्र हेरेपछि उनले प्रदीपको तारिफ गरिन् । भनिन्, ‘चलचित्र राम्रो बनेको छ । प्रदीपको त म फ्यान नै हुँ ।’

निकिताले चलचित्रमा डेब्यु गर्न लाग्दा नर्भस फिल भइरहेको सुनाइन् । उनी भन्छिन्, ‘म यो फिल्डमा नयाँ हुँ । आफ्नो कस्तो होला भनेर निकै डर लागिरहेको छ । मेहनत गर्न छाड्दिनँ । आशा छ पक्कै राम्रो हुनेछ ।’


उनले स्क्रिप्ट राम्रो लागेको कारण ‘रानीमहल’ साइन गरेको बताइन् । यो चलचित्रका लागि उनले १० लाख पारिश्रमिक बुझेको चर्चा छ । तर, निकिता यो खबरमा सत्यता नभएको बताउँछिन् ।

‘लिलिबिली’ हेर्न निकितासँग प्रदीप पनि हल पुगेका थिए । पूर्व मिस नेपालले आफ्नो तारिफ गर्दा उनी खुसीले गदगद देखिन्थे । निकिता र प्रदीप दुबैले भविष्यमा कुनै राम्रो प्रोजेक्ट मिले सँगै काम गर्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu