‘ह्याप्पी डेज’ गीत : प्रियंकासँग रोमान्टिक बने दयाहाङ (भिडियो)



बैशाख १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ को नयाँ गीत रिलिज भएको छ । ‘सुस्त यो…’ बोलको रोमान्टिक गीतमा दयाहाङ राई र प्रियंका कार्की फिचरिङ छन् ।

नरेश भट्टराईको शब्द रहेको गीतमा तारा प्रकाश लिम्बूले संगीत भरेका छन् । यस गीतमा तारा र दीपा लामाको स्वर सुन्न सकिन्छ । गीतको लोकेशन र खिचाई उत्कृष्ट छ ।

मिलन चाम्स निर्देशित ‘ह्याप्पी डेज’ लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।


रोमान्टिक ड्रामा मिश्रित यो चलचित्रमा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ ।

पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा चलचित्रले बोल्छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन् ।

वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो चलचित्रको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu