सकियो ‘नाईं नभन्नू ल ५’ को छायांकन



चलचित्र ‘नाईं नभन्नू ल ५’ को एक महिना लामो छायांकन सकिएको छ । निर्माता तथा निर्देशक विकासराज आचार्यका अनुसार, एक लोक लयको गीत खिच्न बाँकी राख्दै छायांकन सकिएको छ ।

गीतसंगीत र कथावस्तुले ब्राण्ड बनेको यस चलचित्रको पाँचौ श्रृंखलालाई पनि राम्रो बनाउन कुनैै कञ्जुस नगरेको निर्देशक तथा निर्माता विकासराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘यसपटक गीतभन्दा पनि कथावस्तुलाई बढी ध्यान दिएका छौं । गीतसंगीत पनि राम्रा बनेका छन् ।’


भदौ ८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रमा प्रियंका र केकीका अलावा दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपाल, स्वस्तिमा खड्कालगायतका कलाकारहरुको लिड रोल छ ।

विकास आचार्य र सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको संगीत बसन्त सापकोटाले तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu