‘हैरान’ को ‘हिरो’ गीत सार्वजनिक (भिडियो)



विश्वकै कान्छा निर्देशक सौगात विष्ट निर्देशित चलचित्र ‘हैरान’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रो हिरो’ बोलको गीतमा फिल्मका कलाकारहरु गजित विष्ट, निश्मा घिमिरे, बुद्धि तामाङ, सगर लम्साल र पुस्कर रेग्मी फिचर्ड छन् ।

सार्वजनिक गीतमा संगीत र स्वर राजन इशानको रहेको छ । गीतलाई गम्भीर विष्टले लेखेका हुन् । कोरियोग्राफी पनि उनकै हो । गीतमा आफूलाई हिरो मान्ने पात्रको मनोभावलाइ देखाइएको छ ।


चलचित्र ‘हैरान’ लाई विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका छन् । यसअघि उनले ‘लभ यु बाबा’ निर्देशन गरेका थिए ।

‘हैरान’ मा सरोज खनाल, सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

डान्स फेभरको ब्यानरमा निर्मित चलचित्रमा मुक्ति घले, सृष्टि घिमिरे, डाक्टर वाई एल लामा निर्माता रहेका छन् भने सम्झना पोखरेल कार्यकारी निर्मात्री रहेकी छिन् । यो चलचित्र जेठ ४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu