‘रामकहानी’ को गीत सार्वजनिक, सुहायो पूजा र आकाशको जोडी ?



भाद्र २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रामकहानी’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो लागी म छु’ बोलको डान्सिङ गीतमा पूजासँग अभिनेता आकाश श्रेष्ठले ठुम्का लगाएका छन् ।

गीतमा प्रमुख कलाकार केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राइलाई पनि देख्न सकिन्छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तले स्वर दिएका छन् भने शब्द तथा संगीत अर्जुन पोखरेलको छ । एरेञ्ज महाराज थापाले गरेका छन् । कोरियोग्राफी कविराज गहतराजको छ ।

गीतका छायाँकार सौरभ लामा हुन् । गीतको संगीत पक्ष उत्कृष्ट छ । कोरियोग्राफी र छायांकन पक्षले आँखालाई शितलता प्रदान गर्छ । यस्तै पूजा र आकाशको लोभलाग्दो केमेष्ट्री देख्न सकिन्छ ।

यस चलचित्रका निर्देशक सुदर्शन थापा हुन् । उनले आफूले गर्दै आइरहेको धारभन्दा केही फरक गर्ने कोशिश गरेको बताए । उनका अनुसार, ‘रामकहानी’ कमेडीसँगै रोमान्टिक लभस्टोरी जनरामा तयार भएको छ ।

यो चलचित्र पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको कथा सुदर्शन आफैंले लेखेका हुन् ।

गीत हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu