‘बेबी आई लभ यू’ को वियोगान्त गीत सार्वजनिक (भिडियो)



चलचित्र ‘बेबी आई लभ यू’ को वियोगान्त गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता सन्तोष खड्गीलाई अभिनेत्री पुजा तिवारीको यादमा तड्पिएको देख्न सकिन्छ ।

‘सायद तेरो मेरो’ गीतमा मुख्य कलाकार सन्तोषकै संगीत र स्वर सुन्न सकिन्छ । सन्तोषको यो डेब्यु चलचित्र हो । यो चलचित्र जेठ १८ गतेबाट हलमा लाग्दैछ ।

यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी ‘रेन्बो’, रेशम श्रेष्ठ, अप्सन पन्थी, बिमल गिरी, किरण के. शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ ।

लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा निर्मित चलचित्र ‘बेबी आई लभ यू’ मा शिव न्यौपानेको लगानी रहेको छ । जनक पाण्डेको निर्देशनमा बनेको यो चलचित्रमा सह–निर्माता सिर्जना परियार र दुर्गा पाण्डे रहेका छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu